अर्घाखाँची : अखिल (क्रान्तिकारी) अर्घाखाँचीले आइतबार जिल्लाका समसामयिक विषय उठाएर विभिन्न निकायमा १२ बुँदे मागपत्र बुझाएको छ ।
कोभिड–१९ ले विद्यार्थीमा तथा आम नागरिकमा पर्न गएको असर, विद्यालयले विभिन्न बहानामा उठाएको शुल्क तथा विद्यालयमा भएको दलालीकरणका विरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रसाशन कार्यालय, ६ वटै पालिकाको कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, शिक्षा विकास तथा अनुसन्धान परिषदलगायत कार्यालयमा विभिन्न मागसहित जिल्ला अध्यक्ष बाबुराम एसकेको हस्ताक्षर रहेको मागपत्र बुझाइएको हो ।
मागपत्र जिल्ला इन्चार्ज नविन खड्का, अध्यक्ष बाबुराम एसके, उपाध्यक्ष पदम नेपाली र सचिव गिरिजा खड्काको संयुक्त टोलीले बुझाएको थियो ।
Tags :
सम्बन्धित खवर
जनपत्रकार संगठन नेपाल अछामको जिल्ला भेला सम्पन्न
५ वर्ष अगाडि
नेकपाका नेता नविन रिहा
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्