Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
अखिल (क्रान्तिकारी) ले बुझायो विभिन्न मागसहितको ज्ञापनपत्र - Janabato
अखिल (क्रान्तिकारी) ले बुझायो विभिन्न मागसहितको ज्ञापनपत्र

कास्की । नेकपा निकट अखिल (क्रान्तिकारी) कास्कीले प्रमुख जिल्ला अधिकारीलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका जिल्ला अध्यक्ष पुरन पुनको हस्ताक्षरसहित क्रान्तिकारीले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ :

‘हाम्रो महान तथा गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) आफ्नो स्थापनाकालदेखि नै नेपालको समग्र शैक्षिक पुर्नसंरचना राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको सवालहरुमा महत्पपूर्ण भूमिका निवार्ह गर्दै आइरहेको कुरा सर्वविधितै छ ।

कोरोना महामारीको दोस्रो लहर पुरै देशमा फैलिएको छ । धेरै संख्यामा संक्रमितहरु अक्सिजनको कमि, अस्पतालमा बेडको अभाव, आवश्यक औषधि तथा स्वास्थ सेवाको अभावमा मृत्युको शिकार भएका छन् । देशमा एक जटिल स्वास्थ संकट पैदा भएको मात्र छैन । नागरिकता संसोधन विधेयक ऐनले राष्ट्रिय सुरक्षामा समेत गम्भीर चुनौती खडा भएको छ । भ्रष्टाचार, कालोबजारी, महँगाई चरम सिमामा पुगेको छ । र यो अवस्था सिर्जना गर्नुमा वर्तमान केपी सरकार जिम्मेवार रहेको छ ।
यसै सन्दर्भमा हाम्रो संगठनको तर्फबाट सम्बन्धीत निकायहरूलाई यस संकटको घडिमा जिम्मेवार, जवाफदेही र कर्तव्यबोध गराउन निम्न मागहरुसहित यो ज्ञापनपत्र पेश गर्दछौं ।

यस सन्दर्भमा हाम्रो मागहरुबारे यथासिघ्र गम्भीर छलफल गरी पहलकदमी लिन अनुरोध गर्दछौं ।

१.वर्तमान सरकारको अपराधिक लापरबाही र कुशल व्यवस्थापनको कमिले जनता मृत्युको मुखमा धकलिएका छन् । यस्तो संकटको घडीलाई पनि नाफा कमाउने अवसर बनाई अनैतिक र अमानवीय तरिकाबाट कास्कीको निजि अस्पतालहरुले बिरामीहरुबाट दसौं लाख रकम अशुल गरिरहेको जनगुनासो आएको हुँदा त्यस्ता अस्पतालका मालिकहरुलाई कारबाही गरी संक्रमितहरुको निशुल्क उपचार गर्न जोडदार माग गर्दछ ।

२.कास्कीको  सरकारी अस्पताल, गण्डकी उपक्षेत्रीय अस्पतालमा आवश्यक डाक्टर र स्वास्थ्यकर्मीको अभाव, स्वास्थ सामग्री तथा औषधिको अभाव हुँदा समेत मौन बस्ने सम्बन्धित प्रशासन नै भ्रष्टाचारमा डुबेको भन्ने व्यापक जनगुनासो आएकोले छानबिन गरी स्वास्थ समस्या हल गर्न र दोषीमाथी कारबाही गर्न हाम्रो संगठन जोडदार माग गर्दछ ।

३.यो महामारीको समयमा कृत्रिम अभाव खडा गरी जनताको दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि गर्ने, कालोबजारी गर्ने व्यापारी र नाफाखोरहरुलाई तत्काल कारबाही गर्न माग गर्दछ ।

४.दैनिक ज्यालादारी गरेर पेट पाल्ने श्रमिकहरुको लागि राहत प्याकेज तत्काल घोषणा गरियोस् र सम्पूर्ण जनताको खाद्य सम्प्रभुताको सुनिश्चित गरियोस् ।

५.कोरोना महामारीको समय अबधिको सम्पुर्ण शुल्क तत्काल मिनाहा गर्न र संकटको घडीमा कास्किका केही ठुला शिक्षण संस्थाहरुले सम्बन्धित प्रशासनलाई प्रभावमा पारी अभिभावक र विद्यार्थीहरुलाई दबाब दिई विभिन्न माध्यमबाट शुल्क अशुल गर्ने कार्य गरिरहेकाले त्यस्ता शैक्षिक संस्थाका मालिकहरुलाई तत्काल कारबाही गर्न जोडदार माग गर्दछ । 

६.कोठाभाडामा बसेका विद्यार्थीहरुलाइ सम्बोधन हुने गरि राहत प्याकेज घोषणा गरियोस् ।'