गीतकार दिनेश खड्काले ल्याए ‘उज्यालो’

बुटवल । मानिसमा सकारात्मक सोच्न र आशावादी हुन प्रेरित गर्ने उद्धेश्यकासाथ  गीतकार दिनेश खड्काले ‘उज्यालो’  बोलको गीत बजारमा ल्याएका छन् ।  

नेपालीहरुले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सक्छन् र त्यसका लागि अझ संगीतले शक्ति थपोस् भन्ने हेतुले उक्त गीत बजारमा ल्याइएको गीतकार खड्काले बताए । अहिले कोरोनाका कारण आफन्त तथा प्रियजन गुमाउन परिरहेको विकराल अवस्थामा मानिसमा उर्जा भर्न तथा अन्य समयमा समेत शब्द–संगीतको माध्यमबाट मानिसमा आशा जगाउन सकियोस् भनेर नै गीत तयार पारेको उनको भनाई छ ।

गीतमा संगीतकार विजय सापकोटाले संगीत संयोजन गरेका छन् । उनले नेपालीमा आत्मबल बढाउन संगीत महत्वपूर्ण माध्यम बन्न सक्छ भन्ने विस्वास व्यक्त गरे । 
गीतमा प्रिया भण्डारी, विजय सापकोटा र किशोर थापाको स्वर रहेको छ । यूफोनिक स्टुडियोले तयार गरेको गीतको अडियो रेकर्ड तथा सम्पादन नरेश पाण्डेले गनरेका छन् । 

लाइफ एजुकेशनको प्रस्तुती रहेको म्यूजिक भिडियो भने गीतकार खड्काको आफ्नै यूट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको छ । भिडियोको निर्देशन तथा सम्पादन गीतकार खड्काले नै गरेका छन् । लामो समयदेखि सञ्चार माध्यम र शिक्षण पेसामा आवद्ध गीतकार खड्का उत्प्रेरणात्मक वक्ता तथा  प्रशिक्षक समेत हुन् ।