बुटवल । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार विभिन्न जिल्लामा गरिएको ७ हजार ४४९ पीसीआर परीक्षणमा १ हजार ६८१ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी, ५ हजार ८४१ एन्टिजेन परीक्षणमा १ हजार ६४ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १२ हजार २०२ पुगेको छ ।
यस्तै, २४ घण्टामा ४ हजार १८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ ।
सम्बन्धित खवर
पाल्पामा थप ८ जनामा काेराेना संक्रमण
मङ्गगलबार १ सय ५ जना कोरोना संक्रमित
आज १ सय ३४ कोरोना संक्रमित थप
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्