सर्लाही । नेपाल कम्युनिस्ट पार्टी सर्लाही निरन्तर जनश्रमदानमा जुटिरहेको छ । जनश्रमदान अन्तर्गत नेकपाका नेता–कार्यकर्ताहरू जिल्लाको बरथवा नगरपालिका वडा नं. २ मा जनतासँगै धान रोपाइँमा व्यस्त छन् ।
जनश्रमदान तथा धान रोपाइँमा नेकपा केन्द्रीय सदस्य तथा सर्लाही–रौतहट इन्चार्ज समर, नेकपा सर्लाही सेक्रेटरी कमल सुस्लिङ, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज विचारमान थिङ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो संयोजक पदम मगर ‘बिहानी’, पूर्व सेक्रेटरी जनक राउत, सिन्धुली पूर्व सेक्रेटरी रबि गोले, अनेम संघका जिल्ला संयोजक प्रमीला लामा, मगर मुक्ति मोर्चा जिल्ला संयोजक चेली माया मगर, मधेसी मुक्ति मोर्चा जिल्ला संयोजक ठगाराम, अखिल नेपाल क्रान्तिकारी किसान महासंघका केन्द्रीय सदस्य किसुनदेव शर्मा, दलित मुक्ति मोर्चा जिल्ला अध्यक्ष राम पुकार, तामाङ मुक्ति मोर्चा जिल्ला संयोजक मान बहादुर तामाङ लगायतको उपस्थिति रहेको जनबाटोमा प्राप्त समाचारमा जनाइएको छ ।
नेकपाको अनिवार्य उत्पादनमा जोडिने नीति अन्तर्गत नेकपाका नेता–कार्यकर्ताहरू देशव्यापी रुपमा उत्पादन र श्रममा जुटिरहेका छन् । नेकपाका महासचिव विप्लव स्वयम् आफू कपिलवस्तुको शिवगढीमा धान रोपाइँमा सक्रिय रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्