मंसिर ९, टोकियो (जापान) । अन्तरराष्ट्रिय बजारमा भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ बढेर अहिलेसम्मकै उच्च विन्दु नजिक उक्लिएको छ । मंगलवार बिट्क्वाइनको भाउ तीन वर्षमा पहिलो पटक प्रतिगोटा १९ हजार डलरमाथि पुगेको हो ।
बिट्क्वाइनको भाउ क्वाइन डेस्कमा साढे ३ प्रतिशतभन्दा धेरैले बढेर १९ हजार २१८ डलर ३३ सेन्टमा पुगेको थियो । यो यस अघि यस मुद्राले कायम गरेको कीर्तिमानी मूल्य १९ हजार ६६६ डलर नजिक हो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ७:०० प्रतिगोटा बिट्क्वाइन १९ हजार २०० डलर १७ सेन्टमा किनबेच भइरहेको थियो ।
यस वर्षको अहिलेसम्मको अवधिमा यसको भाउ १६० प्रतिशतले बढिसकेको छ । नोभेम्बरमा मात्रै भाउ ४० प्रतिशतले बढिसकेको छ ।
कोरोना भाइरसको महामारीले उत्पन्न गराएको आर्थिक क्षतिको पूर्ति गर्न ल्याएको अभूतपूर्व वित्तीय र मौद्रिक नीतिका कारण विश्वभर जोखिमयुक्त सम्पत्तिको माग वृद्धिले बिट्क्वाइनको पनि माग बढाएको छ । मंगलवार अन्य भर्चुअल मुद्राहरुको भाउ पनि बढेका थिए । एजेन्सी
सम्बन्धित खवर
ज्याला–मजदुरी गर्ने महिला सँगै नारी दिवस
बुटवलस्थित हिलपार्कमा जिपलाइन शुभारम्भ
अर्घाखाँची जिल्लाका कृषकहरु आधुनिक खेतीमा आकर्षित
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्