अर्घाखाँची जिल्लाका कृषकहरु आधुनिक खेतीमा आकर्षित

बाह्रै महिना आफ्नो खेतबारिमा नगदेवाली र तरकारीको खेती

अर्घाखाँची जिल्लाका कृषकहरु आधुनिक खेतीमा आकर्षित

अनिल नेपाली । फागुन २६, अर्घाखाँची । अर्घाखाँची जिल्लाका कृषकहरु आधुनिक खेतीमा आकर्षित भएका छन् ।  गाउँ–गाउँमा ,  सडक पुगेपछि जिल्लाका कृषकहरु आधुनिक खेतीमा आकर्षित भएका हुन् । 

वर्षमा दुई पटकमात्र मकै र गहुँ, जौँको खेती गर्ने यहाका कृषकहरुले अहिले बाह्रै महिना आफ्नो खेतबारिमा नगदेवाली र तरकारीको खेती गर्न लागेका छन् । जिल्लामा आलु, गो“लभेडा, बन्दा, काउली, सिमी, साग, प्याज, लसुन लगायतको तरकारी खेती गरी कृषकहरुले लाखौ“ रुपैया कमाउन थालेका छन् । कृषकहरुले पछिल्लो समयमा सुन्तला। कागती, मौसमी, कफी, अदुवा अलै“ची खेतीबाट पनि मनग्य आम्दानी लिन थालेका छन् ।  गाउँ–गाउँमा सडक पुगेपछि आÏनो उत्पादनहरुलाई बजारसम्म पु¥याउन सहज भएपछि आधुनिक खेतीमा आकर्षित भएको कृषकहरुको भनाइ छ । जिल्लामा २०४६ सालसम्म गोरुसिङ्गे देखि सन्धिखर्कसम्म ६८ कि.मि.कच्ची सडक रहेकोमा हाल करीब १२ सय कि.मि.सडक निर्माण भएको जिल्ला प्रावधिकको कार्यलयले जनाएको छ । 

 गाउँ–गाउँमा सडक पुगेपछि स्थानीय कृषकहरु नगदेबाली, फलफुलका अतिरिक्त पशुपालन व्यवसायमा पनि निकै आकर्षित भएका छन् ।कृषकहरुले गाई तथा भैसी पालन गरि मनग्य आम्दानी गरेका छन् । जिल्लाको पणेना, पटौटी, हंसपुर, खनदह, अर्घातोष, मरेङ, भगवति गाविसका कृषकहरुले यसै वर्ष मात्र पनि करीब २ करोडको सुन्तला बिक्री गरेका छन् । जिल्लाको भगवति, अर्घातोष, मरेङ, पटौटी, पणेना, पोखराथोकबाट गरी करीब १५ सय लिटर दुध प्रत्येक दिन बिक्रि हुने गरेको कृषकहरुको भनाई छ ।अघिल्लो वर्ष देखि आधुनिक कृषि र सिंचाइका योजनाहरुमा बढी बजेट विनीयोजन जिल्ला भरि रहेका जनाईएको छ । राजनीतिक दलहरुको बीचमा रहेको राम्रो सम्बन्धका कारण अर्घाखा“चीले पछिल्लो दशक विकासमा निक्कै फड्को मारेको छ । 

सबै गाविसका अधिकाम्स वार्ड–वार्डमा सडक पु¥याएर ख्याती कमाएका जिल्ला बासीहरुले अहिले प्रत्येक गाविसमा टेलीफोन पु¥याएका छन् ।गाउ“–गाउ“मा उच्च मा.वि. संचालनको अभियानमा रहेको जिल्लाका नेताहरुको भनाई छ । राजनीतिक विषयमा दलहरुकाृ बिचमा सैद्धान्तीक मतभेद रहे पनि विकासका काममा सबैको बुझाईमा एकरुपता रहेको जिल्लाका नेताहरुको भनाई रहेको छ ।