कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. ९ मा रहेको बैजनाथ सिद्वनाथ माध्यमिक विद्यालय भवनको लागि आएको ठेक्का लिएर निर्माण कार्य गरिरहेको बेला काममा घाटा लागेपछि विद्यालयका प्रअ खडक बिष्टले विद्यार्थीहरुबाट विद्यालय विकास सहयोग शिर्षकमा चर्को शुल्क उठाइरहेको विषयलाई लिएर अभिभावकहरुले दुखेसो व्यक्त गरेका छन् ।
स्थानीय युवा र अभिभावकहरू– डा. पदमराज नाथ र करन नाथले शुल्कको विषयमा सोधपुछ गरिरहेको बेला प्रअ खडक बिष्टले एक्कासी पीडित अभिभावक डा. पदमराज नाथ ‘राजु’ लाई अनेक गालीगलौज गरी करन नाथलाई घृणित दुर्व्यवहार गरेको युवाहरूले बताएका छन् ।
यो भन्दा पहिला पनि प्रअ बिष्टले डा. पदम नाथ ‘राजु’ को छोरीलाई कबड्डी नखेलेकै बाहनामा कुटपिट गरेका थिए । त्यतिबला छोरी ४ दिन अस्पतालमा रहेकी र अहिले पनि औषधि चालु नै रहेको बुबा पदमनाथले बताए । प्रअ बिष्टको ज्यादती अहिले मात्रै नभई २०६२/०६३ देखि निरन्तर रहेको कुरा अभिभावक करन नाथले जनाएका छन् ।
सम्बन्धित खवर
पत्रकार महासंघको अध्यक्षमा तीन जनाको उम्मेदवारी
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्