बुटवल । नेपाल घर बहाल सरोकार संघले लकडाउनको समयको घरबहाल भाडा ५० प्रतिशत छुट गर्न माग गरेको छ । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल घर बहाल सरोकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष तथा जिल्ला सल्लाहकार शंकर कोइरालाले आर्थिक बर्ष ७७ र ७८ को घरबहाल कर ५० प्रतिशत घटाउने व्यवस्था गर्न माग गर्दै आगामी आर्थिक बर्षमा घरबहालको दायरा २ प्रतिशत राख्नुपर्ने बताए ।
कोइरालाले सरकारले वैज्ञानिक घर वहाल प्रणाली लागु गर्नुपर्ने भन्दै यसलाई व्यस्थित गर्न घरबहाल संरक्षण ऐन बनाउन जरुरी रहेको बताए । उनले कोरोना कहरको बेला तिर्न बाँकी घरभाडा किस्ताबन्दी तिर्न व्यवस्था हुनुपर्ने माग गरे ।
संघका रुपन्देही जिल्ला अध्यक्ष खगेन्द्र पौडेलले कोरोना महामारी र लकडाउनका कारण व्यवसायीहरु समस्यामा परेको भन्दै यसबारे स्थानीय, प्रदेश र संघीय सरकारले समन्वय गर्नुपर्ने बताए ।
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्