पाल्पाको रिब्दीकोटमा अखिल (क्रान्तिकारी) र दलित मुक्ति मोर्चाको समिति गठन

पाल्पाको रिब्दीकोटमा अखिल (क्रान्तिकारी) र दलित मुक्ति मोर्चाको समिति गठन

पाल्पा । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले पाल्पाको रिब्दिकोट वडा नम्बर ५ कुसुम खोलामा गाउँ इकाई समिति गठन गरेको छ । निता विकको अध्यक्षतामा ७ सदस्यीय गाउँ इकाई समिति गठन भएको छ । 

यस्तै दलित मुक्ति मोर्चा नेपालको पनि इकाई समिति गठन भएको छ । उक्त समितिमा भिमा कुमारी विकको नेतृत्वमा ५ सदस्यीय समिति गठन भएको छ । 

नेपाल कम्युनिस्ट पाल्पाले जनसेवा, जनश्रमदान र जनअभियानको शिलशिलामा उक्त रिब्दीकोट वडा नं.५ कुसुम खोलामा गाउँ स्तरीय जनवर्गीय सङ्गठन पनि गठन गरेको छ । 

उक्त अभियानमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रभात, नेपाल कम्युनिस्ट पार्टीका रिब्दिकोट गाउँ पालिका इन्चार्ज आकाश, दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नीर बहादुर विक ‘निसान’ लगायत जिल्ला स्तरीय पार्टी एवम् जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।