नेकपाको जेलमा रहेका नेताहरुलाई राज्यले छोड्नुपर्छ : आहुति

सरकार नकचरो काममा उत्रिएको छ ।

नेकपाको जेलमा रहेका नेताहरुलाई राज्यले छोड्नुपर्छ : आहुति

माघ ३०, बुटवल । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका नेता विश्वभक्त दुलाल आहुतिले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्नु गलत भएको टिप्पणी गरेका छन् । 

विप्लवका नेताहरुमाथि २५ ठाउँबाट मुद्दा लगाएर राज्यले नकचरो काम गरेको पनि उनले आरोप लगाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, सरकार त नकचरो काममा उत्रिएको छ । यसका नेताहरुलाई थुनिदिने, मुद्दा लगाईदिने । जेलमा रहेका नेताहरुलाई राज्यले छोड्नुपर्छ ।