कपिलवस्तु । नेकपा निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले मङ्गलबार महँगी र कालोबजारी विरुद्ध विरोध प्रदर्शन गरेको छ । सङ्गठनले कारोना महामारीको जटिल परिस्थितिमा पनि केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लाको चनौटास्थित बजारमा विरोध प्रदर्शन सम्पन्न गरेको हो ।
कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य नमराज भट्टले देशमा चरम सङ्कट पैदा भएको बेला दलाल राज्यसत्ताको संरक्षणमा दिन–प्रतिदिन कालोबजारी मौलाएको बताए । उनले हरेक उपभोग्य वस्तुको मूल्यवृद्धि तत्काल खारेज नगरे कडा सङ्घर्ष गर्ने बताए ।
सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले देश र जनताको मुक्तिको निम्ति सङ्गठन निरन्तर संघर्ष गर्दै आइरहेको बताए । उनले व्यवहारिक रुपमा नै असफल भईसकेको दलाल संसदीय व्यवस्था अब जनतालाई कदापी स्विकार्य नभएको बताए । क्षेत्रीले जनतालाई विभिन्न बाहना गरिएको महँगी र कालोबजारी लगायत सबै वस्तुमा वृद्धि गरिएको मूल्य तत्काल खारेज गर्न माग गरे ।
कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य ममता विक, नेपाल कम्युनिस्ट पार्टी शिवराज नगर सेक्रेटरी पावेल लगायत युवा विद्यार्थी, पार्टी सदस्यहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्