रमाकान्त बास्तोला । पोखरा । नेकपा कास्कीले बढ्दो महँगी र कालोबजारीको विरुद्ध विरोध प्रदर्शन गरेको छ । राज्य संयन्त्रले जनतामा चरम रुपमा मूलयवृद्धि गरेको भन्दै बिहिबार पोखराको सृजना चोकदेखि पृथ्वीचोकसम्म र्यालीसहित सरकारले गरेको महँगीका विरुद्ध विरोध प्रदर्शन गरेको हो ।
पोखराको सृजना चोकदेखि शुरु भएको र्याली बढ्दो महँगी नियन्त्रण गर, पेट्रोलियम पदार्थ, ग्यास लगायत मूल्यवृद्धि खारेज गर, कालोबजारीलाई कारवाही गर, वैज्ञानिक समाजवाद लागु गर लगायत नाराहरुसहित पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
उत्त कोण सभालाई अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य सोम माया विक, कास्की जिल्ला सदस्य काजी गुरुङ लगायतले सम्बोधन गरेका थिए भने सभाको सञ्चालन पोखरा महानगर सेक्रेटरी बद्री अधिकारीले गरेका थिए ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्