नेकपा भिमदत्त नगर समिति वडा नंं. ९ को बैठक सम्पन्न

कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर जिल्ला अन्तर्गत भिमदत्त नगर समिति वडा नम्बर–९ को बैठक सम्पन्न  भएको छ । 

बैठकमा सङ्गठन विस्तार गरेर हरेक टोलका समस्याहरु र भ्रष्टाचारका विरुद्ध कडा भन्दा कडा संघर्षमा उत्रने पार्टी नगर इन्चार्ज धन बहादुर बुढाले बताए । 

राकेश टमाटा ‘दर्शन’ को अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नगर सचिव दिपेन्द्र एरी, पूर्व जनमुक्ति सेना सुदिप, विद्रोही लगायतका नेता–कार्यकर्ताहरुको उपस्थित रहेको बताइएको छ ।