पुष ४, बुटवल । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा २२ राजनीतिक संगठनद्धारा राजधानीमा प्रदर्शन गरिएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार २२ राजनीतिक संगठनले शुक्रबार काठमाडौंमा विरोध जुलस र सभा भव्य रुपमा सम्पन्न गरेका छन् । दिउसो १ बजे माइतीघर मण्डलामा जम्मा भएका २२ राजनीतिक संगठनका नेता कार्यकर्ताहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध जुलुस प्रदर्शन गरे र विरोध जुलुस नयाँ बानेश्वरमा पुगेर विरोधसभामा परिणत भयो ।
विरोध सभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रतिनिधिसभा सांसद दुर्गा पौडेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
प्रदर्शनमा दलाल पुँजीवादी संसदीय व्यवस्थाका विरुद्ध संघर्षको विकल्प नभएको भन्दै व्यापक जनसहभागितामा संघर्षलाई निरन्तरता दिइने वक्ताहरुले बताएका थिए ।
सम्बन्धित खवर
‘नागरिकता अध्यादेश खारेज गर’ : महासचिव विप्लव
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्