बुटवलको राजस्व कार्यालयमा ट्रकभित्र पेस्तोल भेटियो

प्रहरीद्धारा अनुसन्धान जारी

बुटवलको राजस्व कार्यालयमा ट्रकभित्र पेस्तोल भेटियो

पुष १६, बुटवल । राजश्व अनुसन्धान कार्यालय बुटवलको हाताभित्र रहेको भारतिय ट्रकबाट प्रहरीले पेस्तोल फेला पारेको छ ।

राजश्व अनुसन्धान सम्बन्धि मुद्धामा राजश्व अनुसन्धान कार्यालयभित्र रहेको जिजे शुन्य ६ एजेड ६३५१ नम्बरको भारतिय ट्रकबाट प्रहरीले एकथान पेस्तोल बरामद भएको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाका अनुसार प्रहरी र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा उक्त ट्रकको एयर फिल्टर भित्र लुकाई राखेको अवस्थामा पेस्तोल बरामद गरिएको हो ।

वेवली ३२ लेखिएको कम्पनी मेड जस्तो देखिने पेस्तोल फेला परेको र सो बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।