गंगालाल हृदयकेन्द्रमा उपचाररत विकलाई आर्थिक सहयोग

सुनारद्धारा दशहजार सहयोग 

गंगालाल हृदयकेन्द्रमा उपचाररत विकलाई आर्थिक सहयोग


अनिल नेपाली । अर्घाखाँची २५ पुस । लामो समयदेखि मुटुको विरामी भई अहिले अस्पतालको बेडमा छट्पटाईरहेकी पाल्पा जिल्ला रामपुर नगरपालिका वडा न १० चम्पेडाँडा बस्ने मोबबहादुर विक र सुमित्रा विक कामीकी माइली छोरी सुनिता विकको उपचारका लागी आर्थिक सहयोग भएको छ । 

विकलाई अर्घाखाँचीस्थित घरेलु तथा साना उद्योगमा कार्यरत कार्यालय प्रमुख केशब सुनारले उनको खानपिन र औषधी उपचारको लागि दश हजार आर्थिक सहयोग गरेका छन् । विक २० बषदेखि मुटुको रोगी भई अहिले काठमाडौंस्थित गंगालाल हृदयकेन्द्रको बेड नं. ३४० मा उपचारत छिन् । 

उनको मुटुको भल्बको अप्रसेसन गर्नुपर्ने भएकोले आर्थिक समस्या भएको छ । उनको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले आर्थिक सहयोगका लागी उनले सहयोगदाताहरुलाई अपिल गरेकी छन् । उनलाई सहयोग गर्नका लागी उनकी आमा सुमित्रा विक कामीको मोबाइल नं. ९८०६६९६४५७ रहेको छ ।