बास्तोलाको रिहाइको माग गर्दै नेकपाद्धारा कपिलवस्तुमा प्रदर्शन

बन्दीहरुलाई विनाशर्त रिहा गर्न चेतावनी

बास्तोलाको रिहाइको माग गर्दै नेकपाद्धारा कपिलवस्तुमा प्रदर्शन

माघ ६, तौलिहवा । नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाको रिहाइको माग गर्दै कपिलवस्तुमा नेकपाले विरोध प्रदर्शन तथा कोणसभा गरेको छ । 

कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले दलाल संसदीय व्यवस्था चरम संकटमा रहेको भन्दै त्यसैको परिणाम संसद विघटन र संसदीय पार्टीहरुभित्रको विभाजन भएको बताउँदै यसले जनताको समस्या समाधान गर्न नसक्ने बताएका थिए । वक्ताहरुले संसदीय व्यवस्थाकै कारण नेपाली जनताले दुख पाउनु परेको भन्दै अहिले आएर यो असफलसिद्ध भएको बताए । 

वक्ताहरुले नेपाली श्रमिक जनताको मुक्ति वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र हुने भन्दै त्यसका लागी एकीकृत जनक्रान्तिमा लामबद्ध हुनुपर्ने बताउँदै नेकपाका नेता बास्तोलालगायत जेल हिरासतमा रहेका सम्पूर्ण कमरेडहरुलाई विनाशर्त रिहा गर्न चेतावनी दिए । कोणसभालाई सन्देश, विज्ञानलगायतका वक्ताहरुले सम्बोधन गरेका थिए । 

नेकपाले केन्द्रीय संघर्षको कार्यक्रम अन्तर्गत देशैभर विरोध तथा कोणसभा गरिरहेको छ । नेकपाले माघ १० गते नेपाल बन्दको आब्हान समेत गरेको छ ।