अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, केन्द्रीय समितिको बैठक सम्पन्न

बैठकले लिएका निर्णयहरूले श्रमिकहरूको अवस्था, दैनिकी र भविष्यप्रति गम्भिर बन्न प्रेरित गरेको

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, केन्द्रीय समितिको बैठक सम्पन्न

चैत ५, बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले आफ्नो केन्द्रीय समितिको बैठक यही चैत ३ गते सम्पन्न गरेको छ । 

चैत २ र ३ गते भएको महासंघको केन्द्रीय समितिको बैठकमा प्रमुख अतिथि नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा एवं पार्टी प्रवक्ता क. प्रकाण्ड, मजदुर संगठनका फ्याक्सन इन्चार्ज तथा नेकपाका केन्द्रीय सदस्य एवं उपत्यका विशेष ब्यूरो इन्चार्ज क. मिलन समेतको उपस्थिती रहेको थियो । 

विश्व श्रमिक समुदायका श्रमिकहरू, उत्पीडित श्रमजिवी वर्ग र समुदायले १३२ औं श्रमिक दिवस मनाउने परिवेशको सन्दर्भमा महासंघ नेपाली श्रमिकहरूको माझमा एउटा क्रान्तिकारी ट्रेड युनियन महासंघको ब्यानरमा उपस्थित भएको साथै विगत, वर्तमान र तत्कालिन परिस्थितकिो अनुभूतिले झन नयाँ प्रणका साथ ट्रेड युनियन आन्दोलनको क्रान्तिकारी राजमार्गको प्रवाहमा आफूलाई उभ्याएको महसुस गरेको महासंघले जनाएको छ ।

उक्त बैठकले लिएका निर्णयहरूले श्रमिकहरूको अवस्था, दैनिकी र भविष्यप्रति गम्भिर बन्न प्रेरित गरेको समेत प्रष्ट पारेको छ । 

उक्त सन्दर्भमा महासंघले आफ्नो सातौं राष्ट्रिय सम्मेलनको समेत तय गरेको र सो सम्मेलनलाई महासंघले दलाल संसदीय सत्ताको अनेक भ्रमबाट श्रमिकहरूलाई ब्युझाउने, विद्यमान रहेको बेरोकटोक रोजगार कटौती, असमान कानुनी प्रावधान, विदेश पलायन र विभिन्न परिघटनाहरूसंग जोडिएको मजदुरहरूको मुद्धामा आफूलाई तत्काल केन्द्रीत गर्ने, वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा श्रमिकहरूसंगै अघि बढ्ने शर्तमा केन्द्रीत गर्ने निचोड लिएको समेत आयोजक समितिका संयोजक विनोद थापाले एक प्रेस वक्तव्यमार्फत सार्वजनिक गरेका छन । 

विज्ञप्ति :