गुजरातमा २० मजदुरमाथि ट्रक गुड्यो, १३ जनाको विभत्स मृत्यु

७ जना गम्भीर घाइतेको उपचार जारी

गुजरातमा २० मजदुरमाथि ट्रक गुड्यो, १३ जनाको विभत्स मृत्यु

 एजेन्सी । भारतको गुजरातमा गएराति ठूलाे दुर्घटना भएको छ। त्यहाँकाे सुरतस्थित कोसाम्बा भन्ने स्थानमा ट्रकले किचेर १३ मजदुरकाे मृत्यु भएको हाे।

त्यहाँकाे प्रहरीका अनुसार ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका थिए। 

दुर्घटना गएराति किम-मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक भएको हो। फुटपाथमा सुतिरहेका उनीहरूमाथि ट्रक गुडेको हो। १२ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य ७ जना गम्भीर घाइतेको उपचार जारी छ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएकाे छ। प्रहरीका अनुसार एउटा ट्याक्टरमा ठाेक्किएपछि अनियन्त्रित भएकाे ट्रक मजदुर सुतिरहेकाे फुटपाथमा चढेकाे थियाे।