भट्टको न्यायको निम्ति खबरदारी : अखिल (क्रान्तिकारी) 

कारबाही  नगरी सरकार र त्यसको प्रशासन मौन

भट्टको न्यायको निम्ति खबरदारी : अखिल (क्रान्तिकारी) 

माघ २०, बुटवल । बैतडी जिल्ला दोगडाकेदार गाउँ पालिका वडा नं. ७ निवासी ,सनातन धर्म मा.वि कक्षा १२ मा अध्ययनरत १७ बर्षिया किशोरी भागिरथी भट्टको अपराधिक गिरोह बाट बलात्कार पछि निर्मम हत्या गरिएको र अपराधीलाई प्रशासनले अहिले सम्म गिरफ्तार नगरेको बिषयलाई लिएर अखिल (क्रान्तिकारी) दाङले सदरमुकाम घोराहीमा भागिरथीको न्यायको निम्ति खबरदारी एवम् उक्त घटनाको अपराधीलाई अझै सम्म पनि कारबाही  नगरी सरकार र त्यसको प्रशासन मौन रहेको भन्दै त्यसको विरुद्धमा विरोध विरोध गरेको छ।

अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समितिका सदस्य खुम रिजालले उक्त विरोध कार्यक्रम संचालन गर्दै यो भ्रष्ट सरकारकै संरक्षण र लाचारिका कारण समाजमा अपराधिक घटना एक पछी अर्को वृद्धि भैरहेको बताए । उनले भागिरथीको न्यायको निम्ति आफुहरु कडा संघर्ष गर्न तयार हुनुपर्ने बताए ।

यस्तै अखिल ९क्रान्तिकारी० दाङ जिल्ला संयोजक अनिल के.सी ले यो सरकार कुर्चिको बचाउमा लागेकोले घटना घटेको  यति धेरै दिन बितिसक्दा सम्म पनि कुनै चासो नदिएको बताउनुभयो । सरकार जिम्मेवार नबन्दा नागरिकका डर त्रास सिर्जना भएको बताए, साथै अहिले सम्म भएका बलात्कार पछि हत्याका घटनामा सरकार र त्यसको प्रशासनकै संरक्षण भएकाले यस्ता घटनाहरु मौलाएको बताउनुभयो । महिला राष्ट्रपति भएको देशमा दिनहु महिला बलात्कृत हुनु र न्याय नपाउनु दुस्खद भएको भन्दै केपि सरकारको गृह प्रशासनले अन्याय ,अत्याचार ,दमन , शोषण को विरुद्ध र न्याय ,सत्य ,विद्यार्थीको हक ,हित -अधिकार ,समानता,स्वाधीनताको पक्षमा बोल्ने युवा विद्यार्थीमाथी भैरहेको दमन, गिरफ्तारी रोकि हत्यारा,बलात्कारी,भ्रष्ट ,अपराधी हरुलाई तत्काल नियन्त्रण लिइ कडा भन्दा कडा कारबाही गर्न र निर्मला पन्त , भागिरथी भट्टको परिवारलाई न्याय दिन माग गरे ।

साथै छोरी चेलिको रक्षाको निम्ति अखिल (क्रान्तिकारी) मैदानमा रहेको बताउदै सबै एकजुट भएर यस्ता अपराधिक क्रियाकलापलाई रोक्नु पर्ने बताए । करिब ५०० जना विद्यार्थी उपस्थित रहेको उक्त विरोध कार्यक्रममा अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समितिका सदस्यहरू खुमन ,सरद ,तार्जन,चुडामणि ,हिमाल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा विद्यार्थीहरुले चर्को स्वरमा -

भागरथिको परिवारलाई  न्याय दे !

नालायक केपी सरकार  मुर्दावाद  !

संविधानमा फासिको व्यवस्था गर !

हत्या,हिंसा र बलात्कार  बन्द गर !

बलात्कारीलाई फासी दे  !

अखिल (क्रान्तिकारी) जिन्दावाद  ! 

भागरथीको हत्यामा संलग्न अपराधीलाई कारबाही गर ! -  जस्ता नारा लगाएका थिए ।