Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
संसदीय व्यवस्था असफल : ‘प्रकाण्ड’ - Janabato

संसदीय व्यवस्था असफल : ‘प्रकाण्ड’

सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत

संसदीय व्यवस्था असफल : ‘प्रकाण्ड’

फागुन २२, बुटवल । नेकपाले वर्तमान संसदीय व्यवस्था असफल भएको बताएको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले वर्तमान संसदीय व्यवस्था  नेपालमा काम नलाग्ने भईसकेको बताएका छन् ।

प्राईम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहान्छ’मा पत्रकार ऋषि धमालसँग कुरा गर्दै उनले भने, ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र काम नलाग्ने भईसक्यो ।’ संघीय लोकतान्त्रिक गणतन्त्रको लागि लडेको होईन रु भन्ने प्रश्नमा उनले भने, ‘होईन, हामिले त्यो बेलामा राजतन्त्रको अन्तयको निम्ति लडेका हौं, शामन्तवादको अन्त्यको निम्ति लडेका हौं’,  अर्को त्यो बेला संसदीय प्रतिक्रियावाद जो थियो जुन राजतन्त्रसँग घाँटी जोडेर देश र जनतालाई लुट्थ्यो । उनले त्यसको अन्त्य गर्नका निम्ति आफुहरुले १० बर्षे जनयुद्ध लडेको बताए ।

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच शुक्रबार तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छे थियोे । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

तीन बुँदे सहमति :
१. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।
२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।
३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।