फागुन २२, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिकाको शिवगढीमा फागुन १४ देखि २१ गतेसम्म सहिदहरुको सम्झानामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
झापा आन्दोलनको क्रममा भएका सहिदहरुको सम्झानामा नेपाल कम्युनिष्ट पार्टी, कपिलवस्तुको अयोजनामा दीप प्रज्वलन गरिएको हो ।
जनयुद्धको समयमा पञ्चायती शासकले २०२९ साल फागुन २१ गते झापाको सुखानी जंगलमा लगेर क्रान्ति नायकहरु नेत्र घिमेरे, राम नाथ दाहाल,बिरेन राजवंशि,कृष्ण कुइँकेल,र नारायण श्रेष्ठ लगायातहरुको हत्या भएको थियो । यि सहिदहरुको सम्झनामा शुक्रवार फागुन २१ गतेका दिन नेपाल कम्युनिष्ट पार्टी नेकपा शिवगढी नगर कमितिद्धारा दीप प्रज्वलन गरिएको हो । नेकपाद्धारा ८५० जना सहिदहरुको परिवार संग भेटघाट र सहिद परिवारका सदस्यलाई अभिनन्दन गरेको नेकपा जिल्ला इन्चार्ज क. जुधारुले बताउनु भएको छ ।
शिवगढी नगर कमिति इन्चार्ज क. पवेलद्धारा सहिद परिवार भनेको कुनै पार्टी विपङती कोइन,सहिद परिवार भनेको राजयको परिवार हो तर आज सम्म सरकारवदीले सहिदवदीहरुलाई किनारा नामाकरण, कितान गरेको खरेज गर्नुपर्ने र हिजोको नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको बार्ता, सम्बोधनमा नेपाल कम्युनिष्ट पार्टी अझै सम्म संसदिय व्यावस्थामा नगएको शिवगढी नगर कमिति इन्चार्ज क. पवेलले बताउनु भयो ।
यस्तै क्रममा सत्ता प्रमुख हरिष, युवा संगठन नेपाल सचिव दिलिप चन्द , अखिल नेपाल महिला संगठनका अध्यक्ष दिलमायम घर्ती, युवा सदस्य विनोद पुन अखिल जिल्ला सदस्य शुशिल लगायातको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा जिल्ला इन्चार्ज क.जुधारु र अतिथिहरुमा विजयनगर नेकपा कमिति अध्यक्ष क. प्रताप, शिवगढी नगर कमिति इन्चार्ज क. पवेल , युवा संगठन कपिलवस्तु अध्यक्ष क.बादल र सहिदका परिवारहरु लगायतको सहभागिता रहेको विजयनगर नेकपा कमिति अध्यक्ष क. प्रतापले बातउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टीको आयोजना र कार्यकम संचालक शिवगढी नगर कमिति इन्चार्ज क. पवेलले गर्नु भएको अखिल नेपाल महिला संगठनका अध्यक्ष दिलमायम घर्तीले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्