Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
श्रमिक महिलाहरूलाई सम्बोधन - Janabato

श्रमिक महिलाहरूलाई सम्बोधन

सन्दर्भ : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

श्रमिक महिलाहरूलाई सम्बोधन

क्लारा जेटकिन

तपाईँहरूका श्रीमनहरू खै ?
तपाईँहरूका छोराहरू खै ?
विगत आठ महिनादेखि उनीहरू युद्धमोर्चामा छन् । उनीहरू आफ्नो जागिर र घरबाट खेदिएका छन् । किशोरहरू, आफ्ना बुबाआमाका भरोसा तथा आशाका केन्द्रहरू, अधवैंसे मानिसहरू, कपाल पाकेकाहरूको परिवारको पालनपोषण गर्नेहरू, ती सबै सैनिक बर्दी पहिरेर सुरुङहरूमा निरस जीवन बिताइरहेका छन् र कडा परिश्रमद्वारा निर्मित हरेक वस्तुलाई ध्वंस गर्ने आदेश पालन गर्न विवश छन् ।
लाखौँलाख मानिसहरू आम चिहानमा निदाइरहेका छन्, सयौँ हजारौँ मानिसहरू सैनिक अस्पतालमा हातखुट्टा भाँचिएर या शरीर अङ्गभङ्ग भएर, अन्धा भएर, क्षतविक्षत मस्तिष्क तथा महामारीबाट आक्रान्त या शक्तिहीन अवस्थामा लडिरहेका छन् । आगो लागी डढेका गाउँ तथा सहरहरू, भत्केका पुलहरू, उजाडिएका वनजङ्गल तथा बरबाद भएका खेतहरू तिनीहरूको कामको निशानी हुन् ।

सर्वहारा महिलाहरू हो, कसैले तपाईँलाई भनेको होला कि तपाईँका श्रीमान् तथा छोराहरू आफ्ना कमजोर श्रीमती र बच्चाहरूको रक्षा गर्न र घरपरिवारको पहरेदारी गर्न लडाइँमा गएका हुन् भनेर । तर वास्तविकता के हो त ?
अहिले दुर्वल महिलाहरूको काँधले दुई गुणा बोझ खेप्नुपरेको छ । संरक्षणको सम्भावना र आशा नभएका तपाईँहरू दुःखमय कठीन जीवन भोगिरहनुभएको छ । तपाईँका बच्चाहरू भोकभोकै जाडोले कठ्याङ्ग्रिएका छन् । तपाईँहरूको टाउको ओत्ने छानालाई भत्काइदिने धम्की दिइएको छ । तपाईँहरूको चुलो चिसो र खल्लो छ ।
कसैले तपाईँलाई भात्तिजा तथा उँच–नीचबीच भाइचारा, धनी र गरिबबीचको सङ्घर्षको अन्त्य हुनेबारे भनेका होलान् । ठीक छ । सङ्घर्षको अन्त्य भन्नुको अर्थ त उद्यमीले तपाईँहरूको ज्याला घटाएको, व्यापारी तथा अविवेकी सट्टेबाजले मूल्य बढाएको तथा जमिनदारले तपाईँलाई बेदखल गर्ने धम्की दिएकोलाई पो बुझाउने रहेछ । राज्यले तपाईँलाई कङ्गाली बनाउँछ भने बुर्जुवा कल्याण अधिकारीहरू (शासकहरू) तपाईँलाई असाध्यै थोरै खोलेको भाग लगाएर कञ्जुस बन्न जोड दिन्छन् ।

तपाईँलाई यस्तो भयङ्कर युद्धको पीडा भोगाउने युद्धको उद्देश्य के हो त ? तपाईँलाई भनेका होलान्– पितृभूमिको भलाइ र रक्षाको लागि हो भनेर । पितृभूमिको रक्षा केलाई भनिन्छ ?
यसले युद्धद्वारा मारिएका, लङ्गडा, बेरोजगार, माग्ने तथा टुहुरा बनाइएका दसौँ लाखको भलाइ भन्ने बुझाउँदैन र ? पितृभूमिको भलाइमा कसले खतरा पु¥याउँछ ? सीमापारि खडा भएका बर्दीधारी मानिसहरू जसले तपाईँका आफ्ना मानिसहरूले चाहेजस्तो युद्ध कत्ति चाहेका थिएनन्, जसलाई थाहा छैन किन आफैले आफ्ना दाजुभाइहरूको हत्या गर्नु परेको छ ? अहँ, होइन । विशाल जनसमुदायले भोग्नुपरेको कठिनाइबाट फाइदा उठाउन खोज्नेहरू तथा दमनमाथि आफ्नो प्रभुत्व कायम गर्न खोज्नेहरूबाट पितृभूमिलाई खतरा पुगेको छ ।
यो युद्धबाट कसले फाइदा उठाउँछ ?

हरेक देशका केवल सानो अल्पसङ्ख्यकले । राइफल र तोप, कवचहरू, पनडुब्बी, युद्धपोत उत्पादन गर्नेहरू, जहाज कम्पनीका मालिकहरू एवं सैनिक आवश्यकता सामग्री आपूर्ति गर्ने ढुवानीकर्ताहरूले फाइदा उठाउँछन् । उनीहरूलाई फाइदा पु¥याउने स्वार्थमा जनताबीच आपसमा यसरी युद्ध भड्काउने घृणास्पद काम हुँदै छ । यो युद्ध पुँजीपतिहरूका लागि मात्र फाइदाजनक छ । जसले ती वस्तुहरूको उत्पादन ग¥यो तिनैले त्यसलाई उपभोग गर्न नपाएपछि ती केही नभएको बुङ्गा तथा शोषित समुदायको श्रमको सङ्ग्रह होइन र ? ती वस्तु किन्न उनीहरू अत्यन्तै गरिब छन् । श्रमिकको पसिनाले यी वस्तुहरूको निर्माण ग¥यो तथा तिनै श्रमिकको रगतले यी वस्तुको लागि नयाँ विदेशी बजार निर्माण गर्न लगाइँदै छ । पुँजीपतिहरूले जहाँ प्राकृतिक सम्पदाहरू लुट्न तथा अत्यन्तै सस्तो श्रमशक्तिको शोषण गर्न चाहन्छन् त्यहाँ उपनिवेशहरू जितेको नौटङ्की गरिन्छ ।
पितृभूमिको सुरक्षा होइन कि बरू यिनै कुराहरूको वृद्धि गर्नु युद्धको उद्देश्य हो । पुँजीवादी व्यवस्था यही चाहन्छ र मानिसले मानिसको शोषण र उत्पीडन नगरी त्यो व्यवस्था टिक्नै सक्दैन ।

यो युद्धबाट मजदुरहरूलाई कुनै फाइदा छैन, बरू उनीहरूले आफ्नो सर्वश्व तथा सबैभन्दा प्यारो वस्तुसमेत गुमाउनुपर्ने अवस्थामा आइपुगेका छन् ।
श्रमिकका श्रीमतीहरू, महिला मजदुरहरू हो, द्वन्द्वरत देशका पुरुषहरूको मुखमा ताल्चा लगाइएको छ । युद्धले तिनको बुद्धि भुटिदिएको छ । तिनको इच्छालाई स्तम्भित तुल्याइएको छ र तिनको अन्तरहृदयलाई कुरुप पारिएको छ ।
तर तपाईँ महिलाहरूले मोर्चामा रहेका आफ्ना प्रियजनहरूको चिन्ताले ग्रस्त हुँदाहुँदै अझ ठगिनु र कष्टसमेत सहनुपरेको छ भने आफ्नो शान्तिको चाहना तथा युद्धविरोधी भावना व्यक्त गर्न के पर्खिरहनुभएको छ ?
तपाईँहरू के कुरामा हिच्किचाइरहनुभएको छ ?
अहिलेसम्म त तपाईँहरू आफ्ना प्रियजनहरूका लागि धैर्य बन्नुभयो । अब भने तपाईँहरूले आफ्ना पति र छोराहरूको लागि केही गर्नैपर्छ ।
हत्या अति नै भो !
यो भनाइ धेरैको मुखबाट निस्किएको छ, लाखौँ लाख महिलाहरूले यो कुरा उठाएका छन् । ती सुरुङहरूमा यो प्रतिध्वनित भइरहेको छ जहाँ जनताका छोराहरूको विवेक यो हत्याविरुद्ध उत्तेजित भएको छ ।
जनताका महिला श्रमिकहरू ¤ यी कठिन दिनहरूमा, जर्मनी, बेलायत, फ्रान्स तथा रुसका समाजवादी महिलाहरू एकत्रित भएका छन् । तपाईँका कठिनाइ र पीडाहरूबाट तिनको हृदय विचलित भएको छ । उनीहरूले तपाईँहरूलाई आफ्नै र आफ्ना प्रियजनहरूको लागि शान्तिको काम गर्न अनुरोध गरिरहनुभएको छ । जसरी उनीहरूको सोच लडाइँका मैदानहरू नाघ्दै आपसमा मिलेको छ, त्यसरी नै सबै देशबाट तपाईँहरू पनि शान्ति ! शान्ति ! को आवाज उठाउन एकत्रित हुनुपर्छ ।
विश्वयुद्धले तपाईँहरूबाट असाध्यै ठूलो बलिदानको माग गरेको छ । तपाईँले दुःखकष्ट सहेर हुर्काउनुभएका छोराहरू, कठीन सङ्घर्षहरूमा तपाईँलाई साथ दिएका श्रीमान्हरू तपाईँहरूबाट खोसिएका छन् । यी बलिदानको तुलनामा अन्य सबै बलिदानहरू तुच्छ र निरर्थक देखिन्छ ।
सम्पूर्ण मानव जातिले तपाईँ द्वन्द्वरत देशका सर्वहारा महिलाहरूतिर आशाको नजरले हेरिरहेका छन् । तपाईँहरूलाई वीराङ्गना र मुक्तिदाता बन्ने सौभाग्य प्राप्त भएको छ ।
एउटै इच्छा, एउटै कर्ममा जुट्नुहोस् ।

तपाईँहरूका श्रीमान् र छोराहरूले अहिलेसम्म भन्न नसकेका कुरालाई लाखौँलाख स्वरहरूमा एकैचोटि भन्नुहोस् ।
सबै देशका श्रमिक जनता भातइ हुन् । ऐक्यबद्ध जनताको शक्तिले मात्र हत्यालाई रोक्नसक्छ !
समाजवादले मात्र मानव जातिको भावी शान्ति सुनिश्चित गराउन सक्छ । हुनेखाने वर्गको धन तथा शक्तिको लागि जनमहायज्ञको बलि चढाउने पुँजीवाद – मुर्दावाद ! युद्ध मुर्दावाद ! समाजवादतर्फ अघि बढौँ !

(विश्व महिला मुक्ति आन्दोलनकी एक प्रमुख नेतृ क्लारा जेटकिनको यो आह्वानपूर्ण लेखले साम्राज्यवादी विश्वयुद्धले ल्याएको त्रासदी र महिलाहरूको मुक्तिका लागि महिला आफँै उठ्नुपर्ने, सङ्गठित हुनुपर्ने र समाजवादी व्यवस्थाको निम्ति सङ्घर्ष गर्नपर्नेमा जोड दिइएको छ – सम्पादक)