–सुशील परियार
राक्षसहरू आउँदै छन् गाउँमा
जनताको रगत र पसिना चुस्न
आफ्नो कुर्सीको लागि लडेका छन्
जनतालाई बिचल्लीमा पारेका छन्
जनता र देशको कत्ति पनि
चिन्ता छैन उनीहरूलाई
व्यक्तिगत स्वार्थको लागि
दौडधुप गरेका छन्
सामाजिक विभेद यथावत राख्न
असमानता, अशान्ति कायम राख्न
युद्ध मच्चाउन उद्यत छन्
सामाजिक दलाल पँुजीवादीहरू
समृद्धिको प्रलोभनमा पारी
फेरि पनि उहीँ फन्कोमा घुमाउने
दुस्साहस गरिरहेका छन्
सत्तामा बसेका दलालहरू
उत्पीडित मजदुर किसानहरूले
सक्कली गणतन्त्रको फल
चाख्न पाएका छैनन्
सत्ताका ती शासकहरू
नक्कली गणतन्त्रको ढ्वाङ
निरन्तर ठोकिरहेका छन्
जनताले गाँस, बास,
कपास, शान्ति, सुरक्षा, शिक्षा,
स्वास्थ, रोजगार पाएनन्
कम्युनिस्टको खोल ओढेका
ती दलालहरू कम्युनिस्ट कै
बदनाम गरिरहेछन्
कम्युनिस्ट क्रान्तिकारीहरूले
निर्माण गर्नुपर्नेछ वैज्ञानिक समाजवाद
र पार्नुपर्ने छ दलाल संसदीयको असफल ।
(स्रोत : लालदिशा)
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्