नयन अर्यालको दुई मुक्तक

साँच्चै यो सबथोक बिक्ने सहर हो – जिउनको लागि जिन्दगी बेचिदिनु पर्छ ।

नयन अर्यालको दुई मुक्तक

-नयन अर्याल

१.
आमा नजन्माऊ सन्तति बेचिदिनु पर्छ
सन्ततिकै लागि भए नि बेचिदिनु पर्छ
साँच्चै यो सबथोक बिक्ने सहर हो –
जिउनको लागि जिन्दगी बेचिदिनु पर्छ ।

२.
हावा ग¥यो, बाचा समायो, छोड्यो
सानातिना माछा समायो छोड्यो
छिमेकीले चन्द्रयान छोडिरहँदा
हाम्रो देशले जनता समायो छोड्यो ।।

(स्रोत : लालदिशा)