पुँजीवादको रूप

–ओम सुस्लिङ

देश छ
तर स्वाधीनता बिनाको
नेताहरू छन्
तर कुशल नेतृत्व बिनाको
कानुन छ 
तर न्याय बिनाको
शिक्षा छ 
तर उपयुक्त सीप बिनाको
स्वास्थ्य चौकी छन्
तर औषधी बिनाको
छ त यहाँ
मात्र श्रमिक, मजदुरको कथा !

राज्य छ 
तर नागरिक बिनाको
युवाहरू छन्
तर दूर भिजन बिनाको
मानव छन्
तर मानवता बिनाको
यात्रा छ
तर सुन्दर गन्तव्य बिनाको
विचार छन्
तर विमर्श गर्ने चौतारी बिनाको
छ त यहाँ
मात्र सपनाको कोलाहल 
अनि
देश कसरी समृद्ध बन्छ ?
०००
(स्रोत : लालदिशा)