अखिल (क्रान्तिकारी) कपिलवस्तु निरन्तर संगठन विस्तारमा 

वैज्ञानिक समाजवादी शिक्षाको स्थापनाको निमित्त संगठन निरन्तर क्रान्तिको यात्रामा रहेको

अखिल (क्रान्तिकारी) कपिलवस्तु निरन्तर संगठन विस्तारमा 

चैत ६, कपिलवस्तु । अखिल (क्रान्तिकारी) कपिलवस्तुले संगठन अभियानलाई तिव्रता दिएको संगठनका जिल्ला अध्यक्ष विष्णु राउत ‘विज्ञान’ले जानकारी दिएका छन ।

जेठमा हुने २२ औं राष्ट्रिय सम्मेलन र जिल्ला सम्मेलनलाई लक्षित गर्दै अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्लाका विभिन्न विद्यालयहरूमा संगठन विस्तार गर्ने अभियानलाई तिव्र रुपमा अगाडी बढाएको छ ।

बिहिबार जिल्लाको एक विद्यालयमा संगठन विस्तार गर्दै संगठनका जिल्ला विष्णु राउत ‘विज्ञान’ले दलाल पुंजीवादी शिक्षाको अन्त्य र वैज्ञानिक समाजवादी शिक्षाको स्थापनाको निमित्त संगठन निरन्तर क्रान्तिको यात्रामा रहेको बताए ।