कपिलवस्तु । नेकपा निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्लाको हल्लानगरस्थित बजारमा तत्काल किसानको समस्या हल गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
सङ्गठनको पूर्वघोषित कार्यक्रम अन्तरर्गत सोमबार किसानलाई तत्काल मल, बीउको माग गर्दै विरोध प्रदर्शन गरेको सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बताए ।
कार्यक्रममा सङ्गठनकी जिल्ला उपाध्यक्ष संगीता विकले राज्य किसानप्रति गरैजिम्मेवार बनेको भन्दै तत्काल किसानको समस्या हल गर्न माग गरिन् । उनले नेपाल कृषि प्रधान देश भएकाले राज्य कृषि र किसानको समस्याप्रति जिम्मेवार बन्न र किसानलाई तत्काल मल, बिउको व्यवस्था गर्न माग गरिन् ।
कार्यक्रम जिल्ला सदस्य इमान सुनारको संचालन र युवा विद्यार्थीको उपस्तिथिमा सम्पन्न भएको बताइएको छ ।
Tags :
सम्बन्धित खवर
ललितपुर सेक्रेटरी विदुषी ७३ दिनपछि रिहा
५ वर्ष अगाडि
नेकपा गण्डकी गाउँपालिकाको प्रथम भेला
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्