किसानको समस्याको विषयमा कैलाली, कञ्चनपुर र डोटी जिल्लामा प्रदर्शन

किसानको समस्याको विषयमा कैलाली, कञ्चनपुर र डोटी जिल्लामा प्रदर्शन

गणेश एसके । कञ्चनपुर । किसानको समस्या र मल, बिउ इत्यादि विषयको विरुद्धमा नेकपा निकट अखिल (क्रान्तिकारी) ले कञ्चनपुरको झलारीमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । 

साथै अखिल (क्रान्तिकारी) डोटीले डोटी जिल्ला प्रशासन अगाडि सोही किसानको समस्याको विषयमा विरोध प्रदर्शन गरेको डोटी जिल्ला अध्यक्षले बताए ।

त्यस्तै कैलाली जिल्ला समितिले पनि कैलालीको टीकापुरमा सोही मुद्धामा विरुद्ध प्रदर्शन कार्यक्रम सम्पन्न भएको कैलाली जिल्ला अध्यक्ष सुवास जोशीले जानकारी दिए ।

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको नीति अनुसार वर्तमान राजनीतिक परिस्थितिमा बढ्दो विदेशी साम्राज्यवाद, बदलिँदो राजनीतिक सङ्कट, शैक्षिक विकृति लगायत विविध विकृति विसंगतिका विरुद्ध प्रदर्शन गरिरहेको र यसै क्रममा अखिल (क्रान्तिकारी) कञ्चनपुर, कैलाली र डोटी जिल्ला समितिहरूले पनि सोमबार आम उत्पीडित , श्रमजीवी किसानको समस्या, मल, बिउ विषयको विरुद्धमा प्रदर्शन गरेको हो । 

कञ्चनपुरमा अखिल (क्रान्तिकारी) सेती महाकाली ब्युरो संयोजक तथा कार्यक्रममा प्रमुख अतिथि विरेन्द्र शाहले विगतदेखि सत्तामा बस्ने शासकहरुले देशमा विभिन्न किसिमका गरी खाने सम्पूर्ण वर्गलाई खेपी नसक्ने गरी समस्या निम्त्याएको बताए । उनले सबै समस्याको हल यो देशको दलाल संसदीय व्यवस्थाले दिन नसक्ने र यसको समाधान वैज्ञानिक समाजवादले दिने बताए ।

कञ्चनपुरको कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश जप्रेल, अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष ललित एसके लगायत अन्य नेता कार्यकर्ता सहभागी भएका थिए ।