तेस्रो राष्ट्रिय जनआन्दोलनमा मोर्चाको समर्थन

ज्येष्ठ नागरिकहरुप्रतिको मानमर्दनप्रति असन्तुष्टी

तेस्रो राष्ट्रिय जनआन्दोलनमा मोर्चाको समर्थन

माघ १५ । बुटवल । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले नागरिक अभियन्ताहरुले घोषणा गरेको तेस्रो राष्ट्रिय जनआन्दोलनमा आफ्नो समर्थन रहेको जनाएको छ। मोर्चाका अध्यक्ष सीपी गजुरेलले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनआन्दोलनमा आफूहरुको समर्थन रहेको बताएका हुन्

मोर्चाले नागरिक अभियन्ताहरुको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारले गरेको दमनको भर्त्सना समेत गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यसले ओली सरकार निरंकुसतातिर उद्दत भएको आरोपको पुष्टि भएको छ। नेपालमा अर्को राष्ट्रिय जनआन्दोलनको आवश्यकता सर्वत्र महशुस भैरहेको यतिखेरको अवस्थामा अगुवा नागरिक अभियन्ताहरुले ऐतिहासिक तेस्रो जनआन्दोलन प्रारम्भ भएको जुन घोषणा गर्नु भएको छ, त्यसको हामी जोडदार समर्थन गर्दछौँ।’

मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतमा चलिरहेको बहसका सन्दर्भमा नेपालका सम्मानित ज्येष्ठ नागरिकहरु प्रति गरेको अभद्र टिप्पणी र मान मर्दनप्रति पनि असन्तुष्टी जनाएको छ।