सेती-महाकाली ब्युरोमा बिसु जनसांस्कृतिक परिवारको पुर्नगठन

एक महिने विधागत प्रशिक्षण कार्यक्रमको सुरुवात

सेती-महाकाली ब्युरोमा बिसु जनसांस्कृतिक परिवारको पुर्नगठन

चैत ९, बुटवल । नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोले बिसु जनसांस्कृतिक परिवारको पुर्नगठन गरेको छ । साथै एक महिने विधागत प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको छ । 

ब्युरो इन्चार्ज क. प्रशान्तको प्रमुुख आतिथ्यमा सम्पन्न बिसु परिवार पुर्नगठन तथा विधागत प्रशिक्षण कार्यक्रममा प्रमुख विधागत प्रशिक्षकको रुपमा जनसांस्कृतिक महासंघको केन्द्रीय कोषाध्यक्ष जनकलाकार आरोह नेपालीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा क.बिमल, क. आरोह, क प्रशान्तले सम्बोधन गर्दै बिसु जनसांस्कृतिक परिवारको पुर्नगठन समितिले सधैं नेपालको राजनैतिक तथा सांस्कृतिक आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको सम्झना गर्दै वर्तमान समयमा हावी भैरहेका दलाल पूंजीवादी संस्कृतिको अन्त्य गरी नयाँ वैज्ञानिक समाजवादी संस्कृतिको निर्माणको निमित्त महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।

्कार्यक्रममा ब्यूरो कार्यालय सचिव प्रकाश , जिल्ला इन्चार्ज क. बिमल , क. कमल ,  क. किरण, क.प्रतीकको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रमको अध्यक्षता क. सुरेन्द्रले गर्नुभएको थियो भने संचालन क. गोबिन्द बिश्वकर्माले गर्नुभएको थियो ।