माओवादी केन्द्र पाल्पाका नेता थापाको निधन

आजै रिडिघाटमा अन्त्येष्टि गरिने

माओवादी केन्द्र पाल्पाका नेता थापाको निधन

चैत १०, बुटवल । नेकपा माओबादी केन्द्रका नेता गिर बहादुर थापा (बिरवल) को ४१ बर्षको उमेरमै निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटिका सचिवालय सदस्य तथा तत्कालिन पाल्पा जिल्ला संयोजक थापाको उपचारका क्रममा मंगलबार बिहान ४ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको हो ।
 
जनयुद्धकालदेखि नै सरल, इमान्दार र कर्तव्यनिष्ठ नेताको रुपमा परिचित थापा केही बर्ष अघि देखि नै मधुमेह लगाएतको समस्यामा रहनुभएको थियो ।

पश्चिम पाल्पाको रैनादेबी छहरा गाउँपालिका १ सिद्धेश्वर निवासी थापा अहिले तिनाउँ गाउँपालिको दोभानमा बस्दै आउनुभएको थियो । उहाँको आजै रिडिघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

थापाको निधनप्रति सामाजिक सञ्जालमा सर्वत्र श्रद्धाञ्जली व्यक्ति गरिएको छ । जनबाटो अनलाइन पनि थापाको निधनप्रति हार्दिक श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।