अखिल ( क्रान्तिकारी ) सगरमाथा ब्यूरोको तेस्रो पूर्ण बैठक सम्पन्न

दलाल राज्यसत्ताको अन्त्यको निम्ति जस्तोसुकै कठिन र अप्ठ्यारो परिस्थिती पनि सामना गर्ने

अखिल ( क्रान्तिकारी ) सगरमाथा ब्यूरोको तेस्रो पूर्ण बैठक सम्पन्न

बुटवल : नेकपा निकट विद्याथीै संगठन अखिल ( क्रान्तिकारी ) सगरमाथा क्षेत्रीय समन्वय समितिले आइतवार तेस्रो पूर्ण बैठक समपन्न गरेको छ ।

बैठकमा सगरमाथा ब्यूरो इन्चार्ज क. शैलेसले दलाल राज्यसत्ताको अन्त्यको निम्ति जस्तोसुकै कठिन र अप्ठ्यारो परिस्थिती पनि सामना गर्ने बताए । उनले बैठकले लिएका निर्णयहरु गम्भीर रुपमा कार्यान्वयन गर्नुपर्ने निर्देशन समेत गरेका थिए । 

बैठकमा २२ औं राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य तथा संगठन का पूर्वी कमाण्ड इन्चार्ज क. रुद्र भट्टराई र भोजपुर जिल्ला इन्चार्ज क. नवीन लगायत अभियान टिमको उपस्थिति रहेको थियो ।