चैत २१, डडेल्धुरा । नेकपा निकट दलित मुक्ति मोर्चा नेपाल डडेल्धुराको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले बसन्त दमाईको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै नेकपा डडेल्धुरा जिल्ला सेक्रेटरी टिका राना (बिजय) ले उत्पीडित र दलितहरुका समस्याको सामाधान वैज्ञानिक समाजवादी व्यवस्थाबाट मात्रै सम्भव रहेको बताएका छन् । जिल्लाको आलिताल गाउँपालिकाको सभाहलमा शनिबार आयोजित दलित मुक्ति मोर्चा, नेपालको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै बिजयले उक्त कुरा बताएका हुन् ।
दलाल पुँजीवादी संसदीय व्यवस्थाले उत्पीडित र दलित समुदायको हकअधिकारलाई गुम्राहा बनाउदै लगेको बताएका छन् । उनले दलितका नाममा आउने करोडौ बजेट गैरदलितलाई बाँडिएको भन्दै दलितको मुल प्रतिनिधित्व अब उत्पीडित र दलित वर्गबाट नै हुनुपर्ने बताएका छन् ।
शनिबार सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि दौलत रहेका थिए भने अथितिहरु बसन्त, गणेश, रोहित,सागर, शिसिर लगायतको उपस्थिति थियो ।
सम्बन्धित खवर
अस्मिताको हत्याराहरूलाई यथाशिघ्र कारबाही गर : नेकपा
राष्ट्रिय युवा संघ तिलोत्तमाको वडा भेला
गुल्मीमा एक युवतीको शव फेला
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्