गुल्मी : गुल्मीमा अखिल( क्रान्तिकारी) श्री महेन्द्र नमुना मावीको मुल इकाई कमिटीले प्रधानाध्यापकलाई विभिन्न बाहनामा लिएको शुल्क फिर्ता गर्न माग पत्र बुझाएको छ । बुधवार मुल इकाई कमिटि गुल्मीका संयोजक राज खड्काले उक्त मागपत्र बुझाएका हुन् ।
माग पत्रमा भनिएको छ :
'त्याग, बलिदान, संघर्ष र विजयको रक्तरञ्जित इतिहास निर्माण गर्दै सडक बाघको रुपमा स्थापित हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) सदैव विद्यार्थीहरुको हकहितका लागि लड्दै आएको कुरा आम जनसमुदायमा सर्वविदितै छ ।
यसै सन्दर्भमा जिल्ला कै उत्कृष्ट नमुना माविकहलिएको यस महेन्द्र नमुना माविमा पनि विद्यार्थी माथी शोषण र लुट रहेको विद्यार्थीहरुको व्यापक गुनासो रहेकोले निम्न मागहरु पूरा गरिदिनको लागि यो मागपत्र पेश गरिएको छः मागहरु (१) लक डाउन अवधीको शुल्क तुरुन्त मिनाहा गरियोस् । (२) शैक्षिक प्रमाणपत्रहरु ( character certificate, transcript, marksheets) मा लिइएको चर्को शुल्क तुरुन्त घटाइयोस । (३) गयल शुल्क (absent fee) लिने व्यवस्था तुरुन्त खारेज गरियोस् । (४) छात्रवृत्तिलाई समान रुपले वितरण गरियोस् ।'
प्रतिक्रिया राख्नुहोस्