यौन तथा प्रजनन स्वास्थ्य अघिकार सम्बन्धी अभिमुखीकरण 

आइपास नेपालको सहयोगमा

यौन तथा प्रजनन स्वास्थ्य अघिकार सम्बन्धी अभिमुखीकरण 

अनिल नेपाली / अर्घाखाँची : अर्घाखाँचीको पाणिनी गाउँपालिकामा महिलाहरुका लागि एक दिने यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाका १२ महिलाहरुलाई अभिमुखीकरण गरी असुरक्षित यौन सम्पर्क र गर्भपतन नगर्ने तथा अरुलाई समेत नगर्न सचेत बनाउन आह्वान गरिएको छ ।

आइपास नेपालको सहयोगमा पाणिनी गाँउपालिकामा सञ्चालित यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुदृढिकरण परियोजना अन्तर्गत आयोजित कार्यक्रममा यौन स्वास्थ्य, प्रजनन स्वास्थ्य, गर्भपतन, सुरक्षित गर्भपतन, नेपालमा गर्भपतन सम्बन्धी कानुनी व्यवस्थाहरु जबरजस्ती करणी सम्बन्धी कानुन मानवअघिकार सम्बन्धी कानुन र कार्यान्वयनका चुनौतीहरुका विषयमा समेत छलफल भएको थियो । कार्यक्रममा सहभागीहरुलाई आइपास नेपालका पाल्पा अर्घाखाँचीका कलसर संयोजक राम कुमार शाह च्यापियन लिडर फर्सुराम पाण्डे पवित्रा भट्टाराईले सहजीकरण गर्नुभएको थियो । जिल्लामा आइपास नेपालको सहयोगमा भुमिकास्थान नगरपालिका, मालारानी गाँउपालिका, पाणिनी गाँउपालिका, सितगंगा नगरपालिकामा सुरक्षित गर्भपतन तालिम सचेतनाका कार्यक्रम सञ्चालन हुँदै आएको छ । आफुले प्रजनन स्वास्थ्यको बारेमा अरुलाई समेत प्रशिक्षण गर्न सक्ने भएको तालिममा सहभागि मुस्लिम समुदायकी नाजमा खातुनले बताईन् ।