वैशाख ३, बुटवल । बिहिवार राति हावाहुरीसँगै परेको चट्याङका कारण दुईजनाको मृत्यु भएको छ,भने एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले बस्ने ४५ वर्षीय खिमलाल कँडेल र स्याङ्जाको फेदीखोला–५ बायाँ फड्के बस्ने ३९ वर्षीय ईश्वरी लामिछानेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मोहन पोखरेलले बताए ।
बाग्लुङको ताराखोला गाउँपालिका–३ रातमाटा घर भएकी ४५ वर्षीय कृष्ण कुमारी कार्की घाइते भएकी छिन् । उनको अवस्था सामान्य छ ।
गोठमा भैंसी दुहुन जाँदै गर्दा चट्याङले खिमलालको मृत्यु भएको हो । चट्याङको झड्का लागेर घाइते भएकी ईश्वरीको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
Tags :
सम्बन्धित खवर
बादी समुदायका नागरिक लालपुर्जा पाएपछि खुसी
५ वर्ष अगाडि
अखिल (क्रान्तिकारी) पाल्पाको अध्यक्षमा लङ्क राना
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्