बुटवल । स्व. नेता गिरिजाप्रसाद कोईरालको स्मृतिमा बुटवलमा अन्तरविद्यालय महिला भलिवल रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । जीपि कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीको आयोजनामा शुक्रबार र शनिबार हुने प्रतियोगितामा १३ विद्यालय सहभागि रहेको प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रतियोगिताको बिहिबार नेपाली काँग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले रेफ्रिलाई बल हस्तान्तरण गरेरे उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै उहाँले खेलले सहमति, सहकार्य र एकताको सुत्रमा बाँध्नको लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाको सहयोगमा प्रतिष्ठानले विगत ७ वर्षदेखि नियमित रुपमा प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई ट्रफि र मेलड सहित क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजार ५ सय रुपैंया नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानका महासचिव तथा प्रतियोगिताका संयोजक परमानन्द भट्टराईले बताउनुभयो ।
सम्बन्धित खवर
थवाङमा विविध खेलकुद प्रतियोगिता सम्पन्न
च्याम्पियन्स लिग अन्तिम १६ ‘ड्र’ सार्वजनिक
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्