अखिल (क्रान्तिकारी) दाङको २४ औं जिल्ला सम्मेलन सम्पन्न

अमर खड्काको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित

अखिल (क्रान्तिकारी) दाङको २४ औं जिल्ला सम्मेलन सम्पन्न

घोराही । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङको २४ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अमर खड्काको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । शनिबार ‘शैक्षिक विकृति, विसंगतिका विरुद्ध हाम्रो आन्दोलन ! वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका निम्ती २४ औ जिल्ला सम्म्मेलन !! भन्ने नारासहित दाङको घोराहिमा उक्त सम्मेलन सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केश बहादुर बाठा ‘सुवाश’ ले आफुहरु दलाल पुंजीवादी संसदीय व्यवस्थाको मतियार बन्न वार्तामा नआएको जिकिर गरे । उनले वार्ताको बारेमा भ्रम सिर्जना गर्नेहरुले राजनितिक अस्थिरता चाहेको र पुंजीवादले नेपाल र नेपालीको सपना र जीवन पराधिन बनाउँदै गएको बताए । सुवाशले निशुल्क, समान ,वैज्ञानिक, व्यवहारिक र गुणस्तरीय शिक्षा नै आजको आवश्यकता रहेको बताए । उनले भने, ‘समाज र देश बनाउने विभेद रहित र निशुल्क  शिक्षा हुनुपर्छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराको व्यवस्था राज्यले ज्ञारेन्टी गर्नुपर्छ ।’

अखिल(क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले संविधानको मृत कागजमा लेखिएका केही शैक्षिक अधिकार पनि कार्यान्वयन नभएको बताए । उनले दुई वर्षको प्रतिबन्धमा गिरफ्तारी, जेलनेल र हिरासतको बसाईले संगठन रत्तिभर नझुकेको बरु शैक्षिक आन्दोलनमा झुझारु भएको जिकिर गरे ।

जनपत्रकार संगठन नेपाल दाङका संयोजक हेमन्त प्रकाश वलि, अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारी दाङका संयोजक सन्जय वलि, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) दाङका कार्यालय सदस्य गिरबहादुर महरा, युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज तिलक योगि, अखिल(क्रान्तिकारी) राप्ती ब्युरो इन्चार्ज दिपक बिष्ट, नेकपा एमाले निकट अखिलका केन्द्रिय सदस्य बिराज डिसि, नेकपा दाङ जिल्ला सेक्रेटरी गणेश चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमको बन्द शत्रमा नेकपा राप्ती ब्युरो सदस्य सबिन पोख्रेल, नेकपा दाङ जिल्ला इन्चार्ज प्रदिप वलिले प्रशिक्षणमुलक मन्तव्य राखेका थिए । 

अखिल(क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समिती सदस्य खुमन पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सामना सांस्कृतिक परिवार सह–संयोजक आरोह नेपालिले स्वागत गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अखिल(क्रान्तिकारी) केन्द्रिय सदस्य प्रीतिमा चौधरी, अखिल(क्रान्तिकारी) पूर्व केन्द्रिय सदस्य हेमन्त जिसि, युवा संगठन नेपाल दाङ संयोजक मनोज विक, मगर मुक्ती मोर्चा दाङ जिल्ला संयोजक सेबेन्द्र मगर, नेकपा नारायणी ब्युरो सदस्य विकास वलिको उपस्थिती रहेको थियो । 

अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समिती सदस्य अमर खड्काको सञ्चालनमा रहेको कार्यक्रमको अध्यक्षता अखिल(क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समिती संयोजक अनिल केसिले गरेका थिए ।