नेपाल पत्रकार महासंघ रूपन्देहीद्धारा ज्ञवालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त

खगेश्वरा ज्ञवालीको निधन

नेपाल पत्रकार महासंघ रूपन्देहीद्धारा ज्ञवालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त

बुटवल । नेपाल पत्रकार महासंघ रूपन्देहीले महासंघका जिल्ला सदस्य कुलमणि ज्ञवालीको माता खगेश्वरा ज्ञवालीको निधनप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । 

महासंघका रूपन्देही जिल्ला अध्यक्ष यमराज पोख्रेल र सचिव विनोद परियारले विज्ञप्ति मार्फत्  ज्ञवालीको निधनले स्तब्ध तुल्याएको बताएका छन् । ज्ञवालीको आइतबार ८१ वर्षको उमेरमा निधन भएको विज्ञप्तिमा उल्लेख छ ।