ट्रेड युनियन महासंघ लमही नगरको प्रथम भेला सम्पन्न

जनक केसिको संयोजकत्वमा १३ सदस्यीय लमही नगर कमिटि चयन

ट्रेड युनियन महासंघ लमही नगरको प्रथम भेला सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङ जिल्ला अन्तर्गत लमहि नगरको प्रथम भेला सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङका संयोजक सन्जय ओलीले दलाल पुंजीवादी संसदीय व्यवस्था मजदुर विरोधी व्यवस्था भएको जिकिर गरे । उनले मजदुरमारा व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवाद स्थापना गर्ने उदेश्यका साथ एकीकृत जनक्रान्तिको वैचारिक हतियार सहित आफ्नो पार्टी अघि बढिरहेको उद्घोष गरे ।

कार्यक्रममा नेकपा लमही नगर सेक्रेटरी उज्जवले जनता ठग्ने संसदवादीहरुका विरुद्ध सबै गरि खाने वर्ग एक ठाउँमा उभिनुपर्ने बताए । 

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लमही नगर संयोजक जनक केसिको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दाङ जिल्ला सल्लाहकार समिती सदस्य द्वोय मधुसुदन, साउनी चौधरी, दलित मुक्ती मोर्चाका सन्देश, युवा संगठन नेपाल लमही नगर अध्यक्ष सान्ता मगरको उपस्थिती रहेको थियो र कार्यक्रमको सहजीकरण राजेन्द्र शर्माले गरेका थिए ।

भेलाले जनक केसिको संयोजकत्वमा १३ सदस्यीय लमही नगर कमिटि चयन गरेको छ ।