गणेश एसके / कञ्चनपुर : कञ्चनपुरमा दलित मुक्ति मोर्चाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सोमबार सम्पनन सम्मेलनले लोकेन्द्र विकको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ ।
कार्यक्रममा दलित मुक्ति मोर्चाका सेम ब्युरो इन्चार्ज दल बहादुर ओखेडाले वर्तमान दलाल संसदीय व्यवस्थाको विरुद्धमा संघर्ष गर्न युवाहरूले नेतृत्व गर्नुपर्ने परिस्थिती सिर्जना भएको बताए । उनले वैज्ञानिक समाजवाद स्थापनाको लागि सम्पूर्ण देशभक्त, प्रगतिशिल र क्रान्तिकारी जुझारू युवाहरूलाई एकिकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुन अपिल समेत गरेका थिए ।
कार्यक्रममा अखिल नेपाल महिला संघकी सेती महाकाली ब्युरो संयोजक पूर्णिमा धामी, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य सृष्टि, सेम स्वाथ्य विभाग प्रमुख राम भट्ट, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य प्रकाश जप्रेल लगायत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
सम्बन्धित खवर
नेकपा गुल्मीद्वारा पहिरो पीडित परिवारलाई राहत प्रदान
बुटवलमा प्रचण्ड–नेपाल समूहको आमहड्ताल (भिडियो)
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्