बुटवल । कोराना कहरको दोस्रो चरण सुरु भएपछि रुपन्देहीमा नियमित रुपमा लाग्दै आएका हाट बजारहरु बन्दा गरिएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आदेशमा नियमित रुपमा लाग्दै आएका सबै हाटबजारहरु अर्को सूचना जारी नभए सम्मका लागि बन्द गरिएको हो ।
बुटवल–६ मा रहेको पुरानो हाटबजार शनिवार बिहानदेखि प्रहरी परिचालन गरी हाट बजार बन्दा गराईएको हो । बिहान बजारमा सामान लिएर गएका व्यवसायीहरु ऋा–आफ्नो सामान लिएर फिर्ता गएका छन् । यता दैनिक उपभोग्य बस्तु , तरकारीको हाट बजारमा व्यवसाय गर्दे आएका व्यवसायीहरुले भने आफुहरुले भौतिक दुरी कायम गरेर तरकारी बिक्रि गर्न पाउनुपर्ने माग गरेका छन् ।
च्याउ उत्पादक किसान संघ रुपन्देहीका ऋषव पोखरेलले किसान उत्पादन गरेको बस्तुको उत्पादन सहज रुपमा बिक्रि गर्न पाउनुपर्ने बताए । उनले खासगरी किसान उत्पादित बस्तु खेर जान नदिनको लागि हाट बजारमा व्यवस्थित रुपमा सामाजिक दुरी कायम गरेर बस्तु बिक्रि गर्न पाउनुपर्ने बताए । यसको लागि च्याउ लगायत तरकारी उत्पादक किसान संघ तथा महासंघहरु सकारात्मक रहेको उनको भनाई रहेको छ ।
रुपन्देहीमा शनिवार देखि लाग्दै आएका सबै हाट बजारहरु बन्द भएपछि हाट बजार व्यवसायी संघ रुपन्देहीले बुटवल उपमहानगरपालिका लगायतका स्थानीय तहमा डेलिगेसन जाने र सहज रुपमा किसानको उत्पादन बिक्रि गर्ने वातावरण मिलाउन आग्रह गर्ने भएको छ । जसको लागि आइतबार समय तय गरिएको हाट बजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टेक बहादुर जिसीले जानकारी दिए ।
प्रतिक्रिया राख्नुहोस्