Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु - Janabato

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

एकजनाले गरे होम आइशोलेसनमा आत्महत्या

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज । कोरोना संक्रमणबाट बाँकेमा थप ४ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक महिला र एक पुरुष त्यस्तै गरी नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक महिला र एक पुरूषको उपचारकै क्रममा मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका ११ का ६० वर्षिय पुरुषको शनिबार साझ १०:३० बजे मृत्यु भएको छ भने सोही समयमा खजुरा गाउपालिका ३ की ४७ वर्षिया महिलाको पनि मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताएका छन् ।

ओलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १० की ३६ वर्षिया महिलाको मृत्यु भएको छ । उनको मध्यराती २:३० बजे बजे मृत्यु भएको थियो । कोहलपुर ९ का अर्का एक जना संक्रमितले भने पीडा सहन नसकेर आत्महत्या गरेका छन् ।   होम आइसोलेसनमा रहेका उनले साँझ ६:३० बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । मृतकहरुको शव नेपाली सेनाको समन्वयमा परिवारबाट दाहसंस्कारको ब्यवस्था हुँदै गरेको फोकलपर्शन ओलीले बताए ।