जनआस्थालाई भ्रामक र तथ्यहीन समाचार प्रकाशन नगर्न नेकपाको आग्रह

पीतपत्रकारिता नगर्न आग्रह

जनआस्थालाई भ्रामक र तथ्यहीन समाचार प्रकाशन नगर्न नेकपाको आग्रह

बुटवल । जनआस्थाडटकम नाम गरेको अनलाइन पत्रिकाले नेकपा र पार्टीका नेताहरूका बारेमा भ्रमपूर्ण समाचार प्रकाशन गरेको भन्दै नेकपाले पीत पत्रकारिता नगर्न अुरोध गरेको छ । 

उक्त पत्रिकाले बैशाख १४ गतेको अंकमा ‘बाबाजी बनेर देश डुलेका थिए विप्लव’ शीर्षकमा कपोकल्पित, भ्रामक र तथ्यहीन समाचार प्रकाशित गरी पार्टी र नेताबारे भ्रम फिँजाउने षड्यन्त्र गरेकाले अब आइन्दा यसकिसिमका भ्रामक र तथ्यहीन समाचार प्रकाशन नगर्न पनि नेकपाले सावधानी गराएको छ ।

नेकपा हेडक्वाटर स्रोतले भनेको  छ, ‘मुलुकमा न्याय, समानता, शान्ति नचाहने र अस्थिरता मच्चाउन षड्यन्त्र गरिरहेको शक्तिले नेकपाविरुद्ध यस किसिमका कपोलकल्पित र भ्रमपूर्ण अफवाह फैलाउने गरेको छ ।’ नेकपा स्रोतले आफ्नो पार्टीका नेताहरू कुनै पनि भेषमा कुनै पनि मुलुकमा नबसेको र जनताका बीचमा जनसेवामा तल्लीन रहेको पनि प्रस्ट पारेको छ ।

नेकपा स्रोतले उक्त समाचार पुष्टि गर्न चुनौती पनि दिएको छ ।

स्मरणीय छ, यसअघि नागरिक नाम गरेको दैनिक पत्रिकाले पनि नेकपाका बन्दी नेताहरू रिहा हुन कठिन भन्दै नेकपा र सरकारबीच सम्पन्न तीनबुँदे सहमति भाड्ने आशयले भ्रामक समाचार प्रकाशन गरेको थियो ।