Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
नेपाली जनप्रगतिशील मोर्चा अमेरिकाको प्रथम अधिवेशन आयोजक समिती गठन - Janabato

नेपाली जनप्रगतिशील मोर्चा अमेरिकाको प्रथम अधिवेशन आयोजक समिती गठन

विश्व बहादुर शाहको संयोजकत्वमा १० सदस्यीय प्रथम अधिवेशन आयोजक समिती गठन

नेपाली जनप्रगतिशील मोर्चा अमेरिकाको प्रथम अधिवेशन आयोजक समिती गठन

बुटवल । नेपाली जनप्रगतिशील मोर्चा अमेरिकाले ऐतिहसिक प्रथम अधिवेशन आयोजक समिती गठन गरेको छ । यहीँ २६ अप्रिल २०२१ बुधवारका दिन सम्पन्न भएको मोर्चाको विस्तारित बैठकले विश्व बहादुर शाहको संयोजकत्वमा १० सदस्यीय प्रथम अधिवेशन आयोजक समिती गठन गरेको छ । जसको सचिवमा दिपक लामिछाने सदस्यहरु दर्शना नेपाली, पंकज कट्टेल, कृष्णध्वज थापा, अर्जुन नेपाल, नविन चौलागाईं, रामचन्द्र पहारी, खगेश्वर काप्री र अशिम घिमिरे रहेका छन् । 

मोर्चाका अध्यक्ष विश्व बहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका महासचिव तथा यूरोप मोर्चाका सदस्य प्रदीप अधिकारी अतिथी रहेका थिए ।

महान शहिदहरु प्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौनधारण गरि बैठकको प्रारम्भ गरिएको थियो । मोर्चाको बैठकले नेपालमा दलाल तथा संसदीय व्यवस्था पूर्णरुपमा असफल भएकाले नेपाली जनताको स्वतन्त्रता र संमृद्धिको लागि वैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य भएको ठहर गरेको छ । संसदीय व्यवस्थाको असफलताको कारणले नै लाखौं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु प्रवासिन बाध्य भएक र यहीँ क्रममा अमेरिका पुगेका नेपालीहरुमाथि निरन्तर भौतिक हमलाहरु भइरहेका मोर्चाको बैठकले स्पष्ट पारेको छ । यसरी नष्लवाद वा अन्य कुनै कारणबाट प्रभावित भएर  नेपालीहरुमाथि भएको भौतिक हमलाको बैठकले भ्रत्र्सना समेत गरेको छ ।

बैठकका अतिथी प्रदीप अधिकारीले नेपालको राजनीतिक अवस्था, प्रवासमा आफूहरूले खेल्नुपर्ने भूमिका तथा आजको सामाजिक संरचनामा विकास गर्नु पर्ने राजनीतिक, सामाजिक तथा सांस्कृतिक चेतनाको विकास, अमेरिकामा मोर्चाको आवश्यकता र त्यसले खेल्नुपर्ने भूमिकाको बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

दिपक लामिछानेले संचालन गरेको बैठकले कार्यसमितिको तत्काल बैठक बसी अधिवेशनको मिती तय गर्ने निर्णय गरेको छ ।