धनुषा। प्रदेश नंं. २ को धनुषामा श्रीमतीले आफ्नै श्रीमानलाई आफ्नो दुई देवरको साथ मिलि घाँटी रेटेर हत्या गरेकी छिन् । गयराती हंसपुर नगरपालिका वडा न. ६ टिल्हीमा अन्दाजी ३५ वर्षीय शम्भू मण्डल केवटलाई आफ्नै अन्दाजी २५ वर्षीया श्रीमती शुसिला मण्डल ,भाई सुनिल मण्डल र संजय मण्डलले मिलेर हत्या गरेको बताइएको छ ।
शम्भू खाडी मुल्क कतारमा आफ्नै निजि कम्पनी संचालन गरि बस्दै आइरहेको थिए । शम्भूको घरमा विगत केहि वर्षदेखि घरायसी विवाद हुँदै आइरहेको बताइएको छ । यता घटना पश्चात् शुसिला,सुनिल र संजय फरार रहेका छन् ।
मृतक शवलाइ पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक शम्भुको दुई वटा छोराछोरी रहेका छन् । घटनापछि सिङ्गो गाउँनै शोकमा डुबेका हुन् ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्