गणेश एसके / कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई १० लाख आर्थिक सहयोग गरेको छ ।
कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा समाग्री खरिदका लागि बेदकोटले आर्थिक सहयोग गरेको हो । बेदकोट नगरपालिकाले यस अघि कार्यपालिका बैठकबाट चालु आर्थिक बर्ष ०७७÷०७८ मा अस्पतालमा अत्यावश्यक स्वास्थ्य सुरक्षा समाग्री खरिदका लागि आर्थिक सहयोग गरेको हो । आइतबार एक कार्यक्रमकबीच बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले महाकाली अस्पतालका निमित्त मेडिकल सुपरेटेण्डेन्ट डा. हरि कुमार श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी ‘बोक्सर’लाई चेक हस्तान्तरण गरेका छन् । उक्त रकम हस्तान्तरण गर्दै मेयर चन्दले कोरोना महामारी नियन्त्रणका लागि पाालिकाका तर्फबाट उक्त सहयोग गरिएको बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोेशी ‘बोक्सर’ले यसरी नै पालिकाबाट भौतिक, आर्थिक एव नैतिक सहयोगको अपेक्षा गर्दै महाकाली अस्पतालममा कोरोना रोककथामका लागि प्रयास आवश्यक रहेको औल्याए । महाकाली अस्पतालमा अक्सिजन लगायतकका स्वाथ्य उपकरण अभावको समस्या भईरहेका बेला पालिकाबाट पाइएको सहयोगले केही राहत पुग्नेछ । भीमदत्त नगरपालिककाले समेत अक्सिजन खरिदका लागि २० लाख दिने घोषणा गरेको छ । कोरोनाको चैन तोड्नका लागि पालिकाले महाकाली अस्पतालसंग सहकार्य गरिरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्