बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शोक वक्तव्य जारी गरी गायक एवं संगीतकार प्रेमध्वज प्रधानकोे निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
महासचिव विप्लवले शोक वक्तव्यमा राष्ट्रिय व्यक्तित्व साथै नेपाली साहित्य तथा कला क्षेत्रबाट नेपाल र नेपाली जनताको मनमनमा बस्न सफल गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधनले दुःखी तुल्याएको र देशलाई ठूलो क्षति पुगेको विचार समेत उल्लेख गरेका छन् ।
महासचिवको शोक वक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय व्यक्तित्व साथै नेपाली साहित्य तथा कला क्षेत्रबाट नेपाल र नेपाली जनताको मनमनमा बस्न सफल गायक श्री प्रेमध्वज प्रधानको निधनले देशलाई ठूलो क्षति पुगेका छ । उहाँको निधनको खबरले हामी दुःखी भएका छौँ । उहाँप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।’
१९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका गायक प्रेमध्वजको ८५ वर्षको उमेरमा बिहिबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको थियो । गायक प्रेमध्वज प्रधानका दर्जनौं कालजयी गीतहरू छन् । नेपालमा पहिलोपटक गितार बजाएर सांगीतिक कला प्रस्तुत गर्ने प्रधान पहिलो थिए । रेडियो नेपालमा उनको ७ सयभन्दा बढी गीत रेकर्ड छन् ।
प्रतिक्रिया राख्नुहोस्